logo
२०८१ जेष्ठ ६ आईतवार

तिहारको चहलपहल बढ्यो (फोटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-11-01-49762
फाेटाे - सुजन गुरूङ


 

काठमाडौं, कात्तिक १५ गते । तिहार शुरु हुन एक दिन बाँकी हुँदा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा तिहारका लागि सामान किन्नेको चहलपहल बढेको हो । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन ।

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाई–मसला, विभिन्न रङ्ग, फूलमाला, कपडासम्मको रौनकले थप चहलपहल बढेको छ ।

तिहारमा टीका लाउन–लगाउन जानेहरुले सप्तरङ्गी टीकादेखि भाइ–मसलासम्म किन्न भ्याइसकेका छन् ।