logo
२०८० चैत्र १५ बिहीवार



हवाई यात्रुलाई टिकट पाउन सहज बन्दै

पर्यटन |


हवाई यात्रुलाई टिकट पाउन सहज बन्दै


राजन रावत
हुम्ला कात्तिक १० गते । सीमित उडान हुँदा मर्कामा पर्दै आएका हवाई यात्रुलाई टिकट पाउन सहज हुँदै आएको छ । हुम्लाका लागि उडान भर्दै आएका तीन वटा निजी एयरलाईन्सले एकसाथ उडान भर्न थालेपछि यात्रुलाई सहज भएको हो ।

सिमकोटबाट नेपालगञ्जकाे हातमा टिकट पाएका यात्रु सीता शाहीले बल्ल उड्न पाउने भएको बताउनुभयो । दुई दिन अघिसम्म यात्रु मात्र होइन बिरामीले समेत टिकट नपाएर फिर्ता हुनुपरेको सुनाउँदै धेरै जहाजले उडान भर्न थालेपछि टिकट पाउन सहज भएको बताउनुभयो ।

उहाँले आफू जस्तै यात्राको तयारी गरिरहनु भएका ७० भन्दा बढी यात्रु एक्कै दिन यात्रा गर्न पाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले धेरै प्रयासपछि उडान भर्न छोडेका एयरलाइन्सले उडान सुचारु गरेपछि मर्कामा परेका यात्रुलाई सहज भएको बताउनुभयो ।

यसअघि सीमित उडान हुँदा यात्रुले समस्या भोग्दै आएको बताउँदै अब त्यो समस्या नरहने बताउनुभयो । यसअघि तारा र समिट एयरले दिनमा एक मात्र उडान भर्ने तर सीता एयरले उडान भर्न छोडेपछि दशैँयता यात्रुलाई समस्या हुँदै आएको थियो ।

उहाँले अब सबै एयरलाईन्सलाई एउटा जहाज नेपालगञ्जमा नाइन स्टे राख्ने कुरा भएकाले यात्रुलाई सहज हुने बताउनुभयो । सीता एयर नेपालजञ्गका बजार व्यवस्थापक सञ्जीव भण्डारीले प्राविधिक समस्या आएको जहाज ह्याङ्गरबाट बाहिर निकालिएपछि सिमकोटका मात्र होइन नेपालगञ्ज र सुर्खेतबाट सिमकोट यात्रा गर्ने यात्रुलाई पनि सहज भएको बताउनुभयो ।

उहाँले अब सीता एयरको एउटा जहाज नेपालगञ्जमै रहने भएको कारण यात्रुलाई समस्या नहुने बताउनुभयो । बुधवार तीन वटा एयरलाइन्समध्ये सीताले तीन वटा र तारा र समिटले एक एक वटा उडान गरी पाँच वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?