logo
२०७८ मंसिर २३ बिहीवार



चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्याे

स्वास्थ्य |


चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्याे
फाइल तस्बीर


काठमाडौं,कात्तिक १० गते । चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो।
सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो चरणमा आज १० लाख २० हजार डोज खोप आएको ढुङ्गानाले बताउनुभयो । खोपलाई टेकुस्थित भण्डारणमा राखिनेछ ।
यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?