logo
२०८० चैत्र १६ शुक्रवार



कर्णालीमा अध्यादेशमार्फत लोकसेवासम्बन्धी ऐन संशोधन भयाे

राष्ट्रिय |
प्रदेश |


कर्णालीमा अध्यादेशमार्फत लोकसेवासम्बन्धी ऐन संशोधन भयाे



मुना हमाल
सुर्खेत, कात्तिक १० गते । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरेको छ ।

कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मङ्गलबार प्रदेश लोकसेवा आयोग ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गर्नुभएको हो ।

२०७५ चैत २७ गते लोकसेवा आयोग ऐन प्रदेशसभाबाट पारित भएको थियो । ऐनमा केही कानुनी अड्चन भएकाले सरकारले २०७८ जेठ ३ गते संशोधनका लागि प्रदेशसभा सचिवालयमा दोस्रो संशोधन विधेयक दर्ता गरेको थियो ।

तर प्रदेशसभा बैठक नबसेकाले सरकारले उक्त विधेयक फिर्ता गरेर अध्यादेशमार्फत ऐन संशोधन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?