logo
२०७८ मंसिर २३ बिहीवार



भारतमा १२ पदयात्री मारिए

अन्तर्राष्ट्रिय |


भारतमा १२ पदयात्री मारिए


नयाँदिल्ली, कात्तिक ६ गते । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन् ।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?