logo
२०८० चैत्र १६ शुक्रवार

  नेपालमा कोरोनाविरुद्धको खोप अभियान  



आठ महिनामा एक करोड ५० लाखभन्दा  बढीले लगाए खोप

स्वास्थ्य |


आठ महिनामा एक करोड ५० लाखभन्दा  बढीले लगाए खोप


काठमाडौं, कात्तिक ४ गते । नेपालमा आठ महिनामा एक करोड ५० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि बुधबारसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्या तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयलयले कात्तिक ३ गतेसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको हो । जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रक्षपित कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये २८।२ प्रतिशतले पहिलो मात्रा र २१।४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै १८ वर्ष वा सोभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ४३.० प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यसैगरी १५ वर्ष वा सोभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनसङ्ख्यामध्ये ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म एक करोड ८८ लाख ५८ हजार ७१० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये भारत सरकारको अनुदानमा १० लाख कोभिशिल्ड खोप, भारतसँग सरकारले खरिद गरेको १० लाख कोभिशिल्ड, कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार कोभिशिल्ड, नेपाली सेनालाई अनुदानमा प्राप्त एक लाख कोभिशिल्ड, चीनबाट अनुदानप्राप्त आठ लाख भेरोसेल, चीनबाट अनुदानमाप्राप्त १० लाख र कोभ्याक्स सुविधाबाट प्राप्त १५ लाख ३५ हजार ८५० भेरोसेल खोप प्राप्त भएको थियो ।
त्यस्तै चीनबाट खरिद गरिएको ४० लाख भेरोसेल, भुटानबाट अनुदानमा प्राप्त दुई लाख ३० हजार अस्ट्राजेनेका, जापानबाट अनुदानमा प्राप्त १६ लाख १४ हजार ७४० अस्ट्राजेनेका, चीनबाट खरिद गरिएको १६ लाख भेरोसेल, बेलायतबाट अनुदानमा प्राप्त एक लाख ३१ हजार १२० अस्ट्राजेनेका, चीनबाट खरिद गरिएको ४४ लाख भेरोसेल र रेडक्रसबाट अनुदानमा प्राप्त एक लाख भेरोसेल खोप प्राप्त भइसकेकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सरकारले भारतबाट खरिद गरिएको १० लाख कोभिशिल्ड खोप भने आउन बाँकी रहेको छ ।
गत वर्षको माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । त्यसदिन सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन शुरु गरिएको थियो । साथै ७७ जिल्लाका तीन सय खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिएको थियो ।
नेपालमा कोरोना महामारी शुरु भएको एक वर्षपछि नेपाली खोप पाएको हो । नेपालमा पहिलोपटक २०६७ माघ १ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?