logo
२०८१ बैशाख १३ बिहीवार



पैगम्बर मोहम्मदकाे १४ सय ९३ औँ जन्मोत्सव मनाइयो

राष्ट्रिय |


पैगम्बर मोहम्मदकाे १४ सय ९३ औँ जन्मोत्सव मनाइयो



लक्ष्मण पौडेल
भैरहवा, कात्तिक २ गते । मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको  जन्मदिवस भैरहवामा हर्षोल्लासका साथ मनाइएको छ । मुलुकको समृद्धिको कामना गर्दै भैरहवामा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा मङ्गलबार ¥याली निकालिएको थियो ।
मुस्लिम समुदायका विभिन्न सङ्घसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा गल्लामण्डीबाट सुरु भएको ¥यालीले नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैङ्क रोड लगायतका स्थानमा परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसियालीमा नारा लगाएका थिए ।
बजार परिक्रमा सकिएपछि भैरहवास्थित गल्लामण्डीको रह मानिया मस्जिदमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले सरकारसँग मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने, सहज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालयसरह सेवा सुविधा दिनुपर्ने लगायतका माग गरेका छन् ।
स्थानीय अब्दुल जब्बारले मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताउनुभयो । सबै मिलेर एक हुनुपर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने उहाँले बताउनुभयो ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ विविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?