logo
२०८० चैत्र १५ बिहीवार



सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन

प्रदेश |
खुला |


सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन
डोटीको दिपायलमा रहेको पुलमा सेती नदीको पानी पुग्ने अवस्थामा 



प्रकाशविक्रम शाह
धनगढी, कार्तिक २ गते । आइतबारदेखि परेको लगातारको वर्षाले पारेको प्रभावले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहीन भएका छन् ।
कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।
एकातिर विद्युत अवरुद्ध हुनु अर्कोतिर खानीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट वञ्चित छन् ।
१३२ केभी प्रसारण लाइन तत्काल बन्दैन त्यसैले ३३ केभीबाट पहाडी क्षेत्रलाई बिजुली सेवा दिने प्रयासमा रहको नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जङ्गबहादुर चन्दले बताउनुभयो । १३२ केभी प्रसारण लाइनमा सोमबार साँझदेखि समस्या आएको हो ।
नेपाल टेलिकमका सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियका प्रमुख नामाकर न्यौपानेले काठमाडौ र पहाडी क्षेत्रको टं«क लिंक टुटेकोले पहाडी क्षेत्रको फोन र इन्टरनेट सेवा मङ्गलबार बिहानैदेखि अवरुद्ध भएको बताउनुभयो ।
भासु भीरमा पहिरो गएकोले सो लिंक जोड्न सकेका छैनौ उहाँले भन्नुभयो, लिंक जोड्न सकियो भने विद्युत सेवा सञ्चालनमा नआए पनि सञ्चार सेवा सञ्चालनमा ल्याउन सकिन्थ्यो । सडक खुल्नेबित्तिकै फाइबर जोडिन्छ उहाँले बताउनुभयो ।
टेलिफोन र विजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला सम्र्पर्कविहीन भएका छन् ।
ती जिल्लाको सम्पर्क टुट्दा सेती, महाकाली लगायतका साना ठूला नदी र पहिरोले पारेको क्षतिको विवरण प्राप्त हुनसकेको छैन । डोटीको दिपायलमा भने सेती नदीले पुल छुन थालेको समाचार आइरहेको छ । तर सञ्चार सम्पर्क टुट्दा सेती नदीको प्रभाव बारे सरकारी निकायको भनाइ आउन सकेको छैन ।
यद्यपि डोटीमा दुई र डडेल्धुरामा दुई जनाको ज्यान गएको प्रादेशिक प्रहरीद्वारा पठाइएको प्रेस सामग्रीमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?