logo
२०८१ बैशाख १३ बिहीवार



अध्यक्ष प्रचण्डद्वारा नेता वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रिय |


अध्यक्ष प्रचण्डद्वारा नेता वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (क्रान्तीकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

अध्यक्ष प्रचण्ड सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पुग्नुभई महासचिव वैद्यको स्वास्थ्यबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । यसकासाथै अध्यक्ष प्रचण्डले उहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

नेकपा (क्रान्तीकारी माओवादी) का महासचिव वैद्य विगतदेखि नै दमको रोगबाट ग्रसित हुनुहुन्छ । छातीमा पुनः समस्या देखिएपछि उहाँ हिजो आइतबार बिहान नर्भिक अस्पताल भर्ना हुनुभएको होे । अहिले वैद्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?