logo
२०८० चैत्र १६ शुक्रवार



सबैको समान पहुँचका लागि संविधान संशोधन आवश्यकः अध्यक्ष यादव

राष्ट्रिय |
प्रदेश |


सबैको समान पहुँचका लागि संविधान संशोधन आवश्यकः अध्यक्ष यादव


जयकृष्ण यादव
इनरुवा, असोज ३१ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समानता र न्यायका लागि नेपालको संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष यादवले संबिधान निर्माण र जारी भएदेखि संशोधनको आवश्यकता आफूहरुले औल्याउदै आएको बताउनुभयो । संसोधन नभएसम्म सबै नेपालीको हित नहुने उहाँको भनाई छ ।

संविधान संशोधन गरेर तराई–मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित्ता गर्नुपर्ने यादवले बताउनुभयो । संबिधानमा गर्ने संसोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको समान पहुँच स्थापित गर्न र अपनत्व महसुस गराउन आवश्यक रहेको बताउनुभयो ।

पूर्व उपप्रधान तथा परर्राष्ट्रमन्त्री समेत रहनुभएका यादवले संविधानमा अहिले पनि मधेशी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदाय लगायतका कतिपय समस्या सम्बोधन नभएको चर्चा गर्नुभयो । समस्यालाई सच्याएर अघि बढ्न नसके समस्या समाधान नहुने उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले तीनै तह व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा सबैको समान पहुँच गराउन र समाजवादको अनुभुती दिलाउन संधिवान संसोधन अनिवार्य रहेको दावी गर्नुभयो । आफूहरु त्यसका लागि पहल गरिरहेको उहाँले जनकारी गराउनुभयो ।

राज्यको हरेक क्षेत्रमा समावेशी समानुपातिक सिद्धान्तलाई ख्याल नगरिएकाले त्यसको सुनिश्चित गर्नुपर्ने यादवले बताउनुभयो । संविधानमा धेरै कुरा संशोधन गर्न जरुरी रहेको बताउनुभयो । नागरिकको राज्यमा समानजनक सहभागिता नभएसम्म देशमा समृद्धि हुन नसक्ने उहाँले चर्चा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?