logo
२०८१ बैशाख १३ बिहीवार



'नेपालले तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्रको वकालत गर्छ'

राष्ट्रिय |


'नेपालले तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्रको वकालत गर्छ'
फाेटाे - केशब गुरूङ (गाेरखापत्र अनलाइन)


काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल पाँच दिने युरोपको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ बुधबार स्वदेश फर्कनुभएको छ ।


सर्बियाको राजधानी बेलग्रेडमा  २२ गतेदेखि शुरू भएको दुई दिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्र, मानवअधिकारको वकालत गरेको बताउनुभयो । असंलग्न राष्ट्रहरुको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।
स्वदेश फिर्तिकाे क्रममा विमानस्थलमा  पत्रकारहरूसँग कुरा गर्दै उहाँले अहिले देखा परेको जातीय र अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता, हातहतियारको होडबाजी, धनी र गरिबचीको असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९को महामारीले ल्याएको चुनौतीजस्ता विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो ।
भ्रमणको दौरानमा परराष्ट्रमन्त्री खड्काले सर्बियाका राष्ट्रपति एलेक्स्यान्डर भुसिस्सँग भेटघाट गर्नुभएको थियो । भेटमा आपसी सम्बन्धको विषयमा छलफल हुनुको साथै द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने र दुई देशको सम्बन्ध थप मजबुत गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।  यस्तै, उहाँले सर्बिया र टर्कीका समकक्षीसँग आपसी सम्बन्धको विषयमा छलफल गर्नुभएको थियो ।

राससका अनुसार संलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्वोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो । वैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताउनुभयो ।

साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सम्वोधनको क्रममा मैले सङ्ख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औँल्याएको छु ।”

साथै सम्मेलनमा बहुपक्षीय संस्थाहरु जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा खड्काको भनाइ छ । त्यसगरी उहाँले वैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरुबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिनुभयो ।

मन्त्री खड्काले भन्नुभयो,“असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयले त्यसका सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छु ।” उहाँले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ–आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न वैठकमार्फत सबैलाई अपिल गरेको बताउनुभयो ।

उक्त वैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटबाटहरु नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री डा खड्काको भनाई छ ।

सोही अवसरमा उहाँले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिससँग भेटगरी दुई देशबीचको बहुआयामियक विषयमा छलफल गर्नुभएको थियो । त्यसैगरी गणतन्त्र सर्बिया र गणतन्त्र टर्कीका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्वन्धका बारेमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?