logo
२०८० चैत्र १६ शुक्रवार



देशभरबाट मनसुन प्रणाली बाहिरियो, हिले दसैं नहुने भयाे

राष्ट्रिय |


देशभरबाट मनसुन प्रणाली बाहिरियो, हिले दसैं नहुने भयाे


काठमाडौं, असोज २७ गते । नौ दिन ढिलाइ गरे मंगलबार देखि देशभरबाट मनसुनी प्रणाली वाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरेको मनसुनी प्रणाली (मंगलबार) देखि पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
सरदरमा अक्टुवर दुई का दिन नेपालबाट मनसुन बाहिरिने अनुमान गरिएपछि मंगलबार मात्र मनसुनी प्रणाली नेपालबाट वाहिरिएको महाशाखाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । सरदर समयलाई जल तथा मौसम विज्ञान विभागले १० वर्षपछि यो वर्ष नौ दिन पछि सारेर सेक्टेम्बर २३ बाट अक्टुवर दुई तारिखलाई कायम गरेको थियो ।

मनसुन वाहिरिएसँगै मंगलबार देशभर शुन्य बर्षा भएको छ । यस वर्ष ११५.५ प्रतिशत अर्थात १६२०.२ मिलिमिटर पानी परेको परेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?