logo
२०८१ बैशाख १३ बिहीवार

  मुगु बस दुर्घटना अपडेट  



मृतकको सङ्ख्या २८ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो

मुख्य समाचार |


मृतकको सङ्ख्या २८ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो


काठमाडौं, असोज २६ गते । मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको जानकारी दिनुभयो । यसअघि २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । साथै एक जनाको मुगु अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम शव खोजी कार्य भइरहेको समेत उहाँले बताउनुभयो । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा दुर्घटना भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?