logo
२०८१ बैशाख १३ बिहीवार



मुगुमा बस दुर्घटना २४ को मृत्यु, १८ जना घाइते

राष्ट्रिय |


मुगुमा बस दुर्घटना २४ को मृत्यु, १८ जना घाइते


सिराज खान

नेपालगञ्ज, असोज २६ गते । मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै १८ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये  १४ जनालाई उपचारको लागि हेलिकप्टरद्वारा नेपालगञ्ज पठाइएको प्रजिअ महतले बताउनुभयो । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा मंगलबार दिउँसो २ बजे दुर्घटना भएको हो । 

अहिले प्रहरी टोली र स्थानीयहरुको सहयोगमा उद्धार भइरहेको उहाँले बताउनुभयो । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?