logo
२०८१ बैशाख १२ बुधवार



छ दिन ढिलाे गरी मनसुन बाहिरिन शुरु, पश्चिमबाट बाहिरियो

राष्ट्रिय |


छ दिन ढिलाे गरी मनसुन बाहिरिन शुरु, पश्चिमबाट बाहिरियो


काठमाडौं, असोज २५ गते । औसत समयभन्दा छ दिन ढिलो गरी पश्चिम नेपाल हुँदै मनसुनी प्रणाली बाहिरिन शुरु गरेको मौसमविद्हरुले जनाएको छ । शुक्रबारबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुनी प्रणाली बाहिरी सकेको जल तथा मौसम पूर्वनुमान महाशाखाकी मौसमविद् मञ्जु बासी जानकारी दिनुभयो ।
यस वर्षदेखि जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली वाहिरिने औसत समयलाई सेक्टेम्वर २३ बाट १० दिन पछि सारेर अक्टुवर २ तारिखलाई कायम गरेको थियो । तर यस वर्ष मनसुन बाहिरने क्रम पश्चिम नेपालबाट शुरु भएपनि अझै दुई/तीन दिन लाग्ने महाशाखाले जनाएको छ । मनसुनी अवधि शुरु भएयता देशभर हालसम्म ११५.५ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाको तथ्याङक छ ।
मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भाग क्षेत्रमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने समय लाग्ने भएको जनाएको छ । यता स्थानीय बायु सक्रिय हुदाँ र केही वादल बाँकी रहेकाले घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।
नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?