logo
२०८० चैत्र १६ शुक्रवार



संविधान संशोधन नभएसम्म मधेसको अधिकार सुनिश्चित हुँदैन अध्यक्ष ठाकुर

राष्ट्रिय |
प्रदेश |


संविधान संशोधन नभएसम्म मधेसको अधिकार सुनिश्चित हुँदैन    अध्यक्ष ठाकुर


ललिता साह
बोदेबर्साइन (सप्तरी) असोज १८ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले देश संघीय संरचनामा गइसके पनि संविधान संशोधनलाई झन कठिन बनाउने काम भइरहेको बताउनुभएको छ । संविधान संशोधन नभए मधेसको समस्या समाधान नहुने उहाँले बताउनुभयो ।

सप्तरीको राजविराजमा सोमबार पत्रकारसँगको भेटमा अध्यक्ष ठाकुरले सो कुरा बताउनुभएको हो । उहाँले भनुभयो, “संविधान जारी हुनुपुर्व नै हामीले विरोध गरेका थियौं । सच्याएर मात्रै जारी गर्न सुझाव दियौं, तर सत्तावालाले मानेनन्” उहाँले भन्नुभयो ।

संविधानको एक सय ८० वटा धारामा  त्रुटी रहेको  र यी हरेक बुँदामा सातमध्ये चार प्रदेशको सहमती र संघीय संसदमा दुई तिहाई बहुमत पुगे मात्र संविधान संशोधन सम्भव हुने उहाँले बताउनुभयो । न त यस्तो बहुमत पुग्छ न त ठूला दलबीच यस्तो कुनै सहमती हुने छाँट देखिएको छ उहाँले भन्नुभयो ।

संचारकर्मीको जिज्ञासामा अध्यक्ष ठाकुरले नेपालको सानादेखि ठूला राज्गीतिक त्रुटी घटनाक्रममा भारतको हस्तक्षेपको कुरालाई अस्वीकार गर्नुभयो । पार्टी सरकारमा जाने ठूलो कुरा होईन तर अहिले सरकारमा जाने हाम्रो कुनै टुङगो छैन उहाँले भन्नुभयो । प्रदेश २ सरकारको भ्रष्टाचार प्रकरणमा अख्तियारको रिपोर्ट नआएसम्म छापामारी सही वा गलत भन नमिल्ने नेता ठाकुरले बताउनुभयो।

नागरिकता सम्वन्धी विधेयक पेश गरेको ३ वर्ष बढी भैसक्यो तर पास भएको छैन अध्यक्ष ठाकुरले भन्नुभयो, “कैलाली टीकापुरको घटना आन्दोलनकारीले हैन पुलिस अफिसरद्वारा पूर्वाग्रह साध्न गराएकाले तटस्थ छानविन होस्।” मधेश आन्दोलनको दौरान राज्य पक्षबाट भएको ज्यादतीको छनविनको जिम्मेवारी पाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारले नागरिकको हितमा ध्यान दिन नसकेको बताउनुभयो । आगामी निर्वाचनमा जसपा र उपेन्द्रसँग चुनावी तालमेल सम्भव नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?