logo
२०८० चैत्र १६ शुक्रवार



तीन सयले घट्यो सुनको मूल्य  

अर्थ |


तीन सयले घट्यो सुनको मूल्य  


    
काठमाडौँ, असोज १२ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु. ८८ हजार ८५० मा कारोबार भएको थियो ।    
    
महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु. पाँचले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु. एक हजार १५५ तोकिएको छ ।    
    
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?