logo
२०८१ बैशाख ४ मंगलवार



सरकारले छिमेकी तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको ओलीको आरोप

राष्ट्रिय |


सरकारले छिमेकी तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको ओलीको आरोप
तस्बिर : कविता थापा


काठमाडौं, असोज ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले छिमेक देश तथा अन्तराष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयाेजित वृहत् भेलालाई सम्बाेधन गर्दै उहाँले अघिल्लाे सरकारका पालमा नियुक्त सबै राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने क्रममा विदेश मामिलाका विज्ञहरुलाई समेत फिर्ता बोलाइएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले जनतासँग खेलवाड गरेको बताउनुहुँदै एमाले अध्यक्ष ओलीले विगतमा गरिबी हटाउन र रोजगारी तथा उत्पादनसँग जोडिएका क्षेत्रमा वैदेशिक लगानी गर्ने योजना बनाइएको बताउनुभयाे। देशमा आयात घटाउने, निर्यात बढाउने क्षेत्रमा वैदेशिक सहायता र ऋण लिइने नीति भए पनि अहिलेको सरकार यस विपरित देखिएको उहाँको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?