logo
२०८० चैत्र १६ शुक्रवार



दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि

राष्ट्रिय |


दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि
फाइल तस्विर


 

काठमाडौं, असोज ७ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला (सरोज)ले असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताउनुभयो । साथै, कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?