logo
२०८१ बैशाख १३ बिहीवार



गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन् – अध्यक्ष प्रचण्ड

राष्ट्रिय |


गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन् – अध्यक्ष प्रचण्ड


 

काठमाडौं, असोज ७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय सत्ता गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिजोको सत्ता गठवन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो ।

तर, सत्ता गठवन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठवन्धनलाई कमजोर हुन नदिने संकल्प गरिएको पनि उहाँले बताउनुभयो । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ल्याएर गठवन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ तर हामी गठवन्धन नै बनाएर अर्को चुनावसम्म जाने संकल्प गरेका छौँ, अध्यक्ष प्रचण्डले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?