logo
२०८१ बैशाख ८ शनिवार



नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बस्ने, विधान महाधिवेशनमा लागिने प्रस्तावबारे छलफल हुने

राष्ट्रिय |


नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बस्ने, विधान महाधिवेशनमा लागिने प्रस्तावबारे छलफल हुने
फाइल तस्बिर


काठमाडाैं, असाेज ७ गते ।  प्रमख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेको पूर्व कार्यसूची अनुरुप असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धि प्रस्तावमाथि एमाले स्थायी कमिटीको बैठकमा छलफल भइसकेको छ । यी मुख्य तीन प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरुले राख्नुभएको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने तामाङले बताउनुभयो । एमाले केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल पश्चात् पारित पनि गर्ने तामाङले बताउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?