logo
२०८१ बैशाख ८ शनिवार



असोज ९ गते गाउँ / नगर अधिवेशन सक्ने काँग्रेसको निर्णय

राष्ट्रिय |


असोज ९ गते गाउँ / नगर अधिवेशन सक्ने काँग्रेसको निर्णय


काठमाडौं, असोज ६ गते । नेपाली काँग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै गर्ने भएको छ ।बुधबार अपराह्न संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारीको बैठकले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यही असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज ९ गते पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । साथै, क्रियाशील विवाद पनि असोज ९ गतेभित्रै सक्ने उहाँले जानकारी दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?