logo
२०८१ बैशाख ४ मंगलवार



बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित


लन्डन, असोज ६ गते । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मङ्गलबार मात्र बेलायतमा ३१ हजारभन्दा बढी सङ्क्रमित भएको बताइएको छ ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना काेरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका बताएकाे छ । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको सङ्ख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो सङ्ख्यामा नयाँ सङ्क्रमितहरु थपिने क्रम जारी छ ।

उनीहरुका अनुसार यहाँ आजसम्म  सङ्क्रमितहरुको स३्रख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यस सङ्क्रमणबाट भएको मृत्यु सङ्ख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको बताइएको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भए पनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा बढी सङ्क्रमित थपिने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?