logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दैमा’

मुख्य समाचार |


नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दैमा’


काठमाडौं, असोज ४ गते । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दै’ सूचिमा राखेको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चूडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको हो ।
रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?