logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ  हुँदै

राष्ट्रिय |


नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ  हुँदै


काठमाडौं, असोज ४ गते । सर्वोच्च अदालतमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकेको सर्वोच्चले जनाएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामार्फत गत भदौ १७ गते तीन रिट दर्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको हो ।
रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?