logo
२०८० चैत्र १६ शुक्रवार



एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

राष्ट्रिय |
राजनीति |


एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु  : मुख्यमन्त्री शाक्य


जलेश्वर, असोज २ गते । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीको सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । उहाँले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताउनुभयो । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्र्नेमा शाक्यले जोड दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?