logo
२०८० चैत्र १६ शुक्रवार



चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने 

राष्ट्रिय |
समाज |


चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने 


   
मुग्लिन, असोज २ गते । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापूर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।    
    
आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रिय महासचिव आइतसिं चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफै उत्पत्ति भएका ढुङ्गा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।”    
    
नेपाल चेपाङ सङ्घको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । सङ्घ वागमती प्रदेशका सचिवसमेत रहनुभएका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिनुभयो । पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि सङ्गठित रुपमा नै नेपाल चेपाङ सङ्घले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालके २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ छ ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?