logo
२०८१ बैशाख ११ मंगलवार



मन्दिर पुनर्निर्माण सकिएन

खुला |


मन्दिर पुनर्निर्माण सकिएन


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ३० गते । भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रमा अवस्थित दशअवतार मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । पुरातìव विभागका प्रमुख पुरातìव अधिकृत रामबहादुर कुँवरले कोभिड–१९ को महामारी र पटक पटकको बन्दाबन्दीका कारण निर्माण कम्पनीले मन्दिर पुनर्निर्माणको काम समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिरहेका छौँ । अबको तीन/चार महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ ।”
मन्दिरको पुनर्निर्माणका लागि पाँच वर्षअघि नै निर्माण कम्पनीसँग सम्झौता भई काम सुरु गरिए पनि मन्दिरको अझै आधा काम पनि सम्पन्न हुन सकेको छैन । सो मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभाग र निर्माण कम्पनीबीच २०७३ चैत ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले तीन करोड ७५ लाख नौ हजार रुपियाँको लागतमा सो मन्दिर २०७५ साउन १५ गतेभित्र पुनर्निर्माण सक्ने गरी सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पुरातìव विभागले २०७६ चैत मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप गरेको थियो ।
सुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई मन्दिर पुनर्निर्माणको जिम्मेवारी दिनुपर्ने माग गर्दै केही समय काम अवरुद्ध भएको थियो । प्राथवेन्द्र मल्लको पालामा विक्रम संवत् १७३७ मा सो मन्दिर निर्माण गरिएको पाइएको पुरातìव विभागले जनाएको छ । इन्द्रजात्राको समयमा वसन्तपुर डबलीमा दशअवतारको नाच देखाउने चलन रहेकाले मन्दिरलाई दशअवतार मन्दिर भन्ने गरिएको कथन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?