logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो

राष्ट्रिय |


नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो


जनकपुरधाम। भदौ २९ गते । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ ।

सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ ।

संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताउनुभयो । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उहाँ नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?