logo
२०८१ बैशाख ८ शनिवार



प्रचण्ड र खड्काबीच भेट, मन्त्रिपरिषद् विस्तार र संसदको गतिरोधबारे छलफल

राष्ट्रिय |


प्रचण्ड र खड्काबीच भेट, मन्त्रिपरिषद् विस्तार र संसदको गतिरोधबारे छलफल


काठमाडौं, भदौ २९ गते । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीचको मङ्गलबार भेट सम्पन्न भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको अध्यक्ष प्रचण्ड र महामन्त्री खड्का बीचको भेटमा मन्त्रीपरिषद् विस्तार, संसदमा जारी गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्राेतले बताएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री खड्काबीचको यो नियमित भेट हो । सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार लगायत सरकारका गतिविधिले पूर्णता पाउन सकेको छैन । सरकारका गतिविधि सुचारु गर्ने लगायत सबै विषयमा अध्यक्ष प्रचण्ड र खड्काबीचमा छलफल भएको हो । उहाँहरुबीचमा  झण्डै एक घण्टा छलफल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?