logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/

  विगतका महामारीबारे सत्यमाेहन जाेशीकाे अनुभव समेटिएकाे दृष्य समाचार  



पाल्पामा ७५ वर्षअघि प्लेग फैलदा 'लकडाउन' भएको थियो

राष्ट्रिय |
समाज |


पाल्पामा ७५ वर्षअघि प्लेग फैलदा 'लकडाउन' भएको थियो


दीपा चौधरी, दृष्यमा मनोजरत्न शाही /केशब गुरुङ्ग
काठमाडौँ, भदौ २६ गते । अहिलेको कोरोना महामारीजस्तै महामारीहरु पहिले पनि हुनेगरेको साताब्दी पुरुष सत्यमोहन जोशीले बताउनुभएको छ । उहाँ बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं.१९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मनु भएको हो । आफ्नो जीवनकालमा यस्ता धेरै महामारी आफूले देखेको उहाँले अनुभव सुनाउनुभयो ।

अहिले उहाँ १०१ वर्षको हुनुभएको छ । उहाँसँग जीवनको लामो अनुभव छ । उहाँले आफ्नो जीवनकालमा देखेका भोगेका विभिन्न महामारीबारे भन्नुभयो, “अहिले कारोना संसार भर फैलियो, त्यसरी नै पहिले पनि विभिन्न रोगहरु महामारीका रुपमा फैलिने गर्थ्यो ।” तर अहिलेकोजस्तो प्रविधि उहिले नभएका कारण जुन ठाउँमा सरुवा रोग लाग्थ्यो, त्यहाँ महामारी हुने र गाउँ नै सखाप हुने गरेको उहाँले सुनाउनुभयो ।

उहाँ सरकारी जागिरे हुनुहुन्थ्यो । जागिरको सिलसिलामा २००३ सालमा पाल्पा पुग्नु भएपछि एउटा महामारीमा आफै पर्नुभएको थियो । प्लेग, (मुसेरोग) को महामारीको सामना उहाँ स्वयम्ले गर्नुभयो । जुन ठाउँमा मुसा माथिबाट तल खस्यो र त्यहाँ एक चक्कर लगाएपछि त्यसको शरीरमा भएको उपियाँ मानिसमा सर्यो भने प्लेग रोग लाग्थ्यो । उहाँले भन्नुभयो, “त्यही बेला म विरामी थिएँ, सुति रहन्थे, मलाई धेरै डर लग्थ्यो, कतै मुसा खस्ने हो कि ! भनेर, म आफू त्यसमा परेकाले पाल्पामा महामारी भएको मैले थाहा पाएँ ।” थाहा पाएपछि डराएको र त्यतिबेला विश्वमा पनि दोस्रो विश्वयुद्ध भइरहेको थियो उहाँले भन्नुभयो । त्यो महामारी फैलिँदा पाल्पामा २००३ सालमा पनि लकडाउन भएको उहाँले सम्झनुभयो ।

“त्यतिबेला पनि मानिसहरु घरमै बस्ने, कोही बाहिर ननिस्कने ‘प्लेग सर्छ’ भनेर सबै घरमै बसेका हुन्थे, औषधि पनि थिएन,” उहाँले भन्नुभयो, “सरकारी जागिर, म शहरमा जन्मेको मान्छे, त्यो कठिन गाउँको बसाई, कसैले दैलोमा, कसैले गोठमा सुत्न दिएको, डाँडाकाँडा हिड्नु पर्दा धेरै गाह्रोे भयो, जागिरकै सिलसिलामा स्याङजामा पुगेको थिएँ, त्यहाँ सिकिस्त विरामी परें । मलाई कसैले हेर्न आएन, कुनै किसिमको औषधिले काम पनि नगरेपछि काठमाडौँ फर्किएँ ।” त्यतिबेला सरकारी जागिरमा काम गर्न नसके उल्टो सरकारलाई जरिवाना तिर्नुपर्ने नियम रहेको उहाँले स्मरण गर्नुभयो ।

महामारीलाई जोड्दै भन्नुभयो, “पहिले यस्तो थिएन, एक जनालाई भयो भने सबैलाई सथ्र्यौ ।” उहाँले भन्नुभयो, “पहिले कलेरा (हैजा) हुन्थ्यो, अस्पताल थिएन, औषधि थिएन, जडीबुटी प्रयोग हुन्थ्यो, परिवार नै सखाप हुन्थ्यो ।” कलेरा भयो भने दिसा हुने, उल्टी हुने र मान्छे गलेर मर्ने गरेको उहाँको भनार्इ छ ।

यस्तै, विफर (दादुरा) आएकोबेला पनि गाउँभरि फैलिएर महामारीको रुप लिनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेला भ्याक्सिन थिएन, विफरको बिउ ( बिफरको घाउमा सियोले घोचेर निकालिएका पिप वा रगत) बिफर भएको ठाउँमा राखेर विफर निकाल्थ्यो त्यसरी गर्दा विफर सन्चो हुन्थ्यो ।” उहाँले बिफर भएमा नराम्रो स्वाभाव गर्नु हुँदैनथ्यो । उहाँले थप्नुभयो, “विफर रिसाउँछ, एक पटक मात्रै आउँछ, दाग बस्छ, विफर पनि एउटा महामारीकै रुप रहेको उहाँले बताउनुभयो ।

बिफर आएकोबेला राजा रणबहादुर शाहको पाला थियो उहाँले भन्नुभयो, “विफर नआएको केटाकेटी कति छन् उनीहरुलाई आएकोबाट टाढै राख्न, भ्यालि बाहिर निकालि दिने, जम्मैलाई प्रहरी लगाएर देश निकाला (राजधानी बाहिर)गर्ने गर्थे ।” आफ्ना छोराछोरी, रानीलाई लागेमा सितलाले हेर्नु भनेर पूजा गर्ने गरेको उहाँले स्मरण गर्नभयो । राजाको त्यस्तो व्यवहारले त्यतिबेलाका जनताले ‘पापी राजा’ धर्म नभएको निर्दयी राजा भन्दै गीत गाउने गरेको सम्झनुभयो ।

त्यस्तै, कलेरा (हैजा) को समयमा महामारी भएमा के गर्ने भन्दै उहाँले भन्नुभयो, “काठमाडौँमा आकाश भैरवको पूजा गर्ने ।” उहाँले कलेरा लाग्यो भने धेरै दुःख हुने गरेको बताउनुभयो । त्यो प्राकृतिकरुपले भयो भने महामारीको रुपमा जान्छ भन्दै यसरी गरेमा एकबाट अर्कोमा नसर्ने र महामारी हुनबाट बाँच्न सकिने भनेर मानिसले भन्ने गरेको सम्झनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?