logo
२०८१ बैशाख ८ शनिवार

  पर्यटन मन्त्रालय अन्तर्गतका दुई दर्जन समिति काम विहीन  



कोरोनाले न दाम पाए न काम, पर्यटन प्रवर्ध्दन प्राधिकरणको माग

पर्यटन |


कोरोनाले न दाम पाए न  काम, पर्यटन प्रवर्ध्दन  प्राधिकरणको माग


काठमाडौं, भदौ १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्षले गठन गरेको समितिहरु काम विहीनजस्तै बनेका छन् । कोरोना महामारीका कारण ठूलो मात्रामा प्रभावित बनेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा यी समितिहरुले ठोस योजना बनाउन नसक्दा प्रवद्र्धन गर्न समस्या हुनेगरेको व्यवसायीहरुको गुनासो छ ।
पर्यटन प्रवद्र्धनका नयाँँ योजना ल्याएर काम शुरु गर्नुपर्ने भए पनि मन्त्रालयद्वारा गठिन दुई दर्जनभन्दा बढी समितिहरुले कुनै योजनाहरु ल्याउन सकेका पाइएको छैन । देशभरका पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न भन्दै मन्त्रालयले स्थानीयहरुको सहभागिता रहनेगरी समितिहरु गठन गरेको थियो । तर कोरोना महामारीले तहसनहस भएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न समितिहरुले कुनै ठोस काम गर्न नसकेको र कर्मचारी भर्नामा मात्र सीमित हुने गरेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका पूर्व महासचिव आङपेम्वा शेर्पाले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोष, लुम्विनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हनुमानढोका दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डले समेत बृहत्तर योजनाहरु ल्याउन नसकेको भन्दै समितिहरुलाई मन्त्रालयले निर्देशनसँगै प्रवद्र्धनका कार्यक्रमहरु दिनुपर्ने उहाँको सुझाव छ ।

कोरोना महामारीले पर्यटनसँग सम्वन्धित मन्त्रालय अन्तर्गत २६ वटा विकास समिति र पर्यटन समिति सबैको आम्दानी घटेकाले थप कार्यक्रमहरु गर्न नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो । तर क्षमता अनुसारका नयाँ योजनाहरु तयगरी प्रवद्र्धनका कार्यहरु गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर भए पनि पर्यटन प्रवद्र्धनमा योजनाहरु बनाउन जरुरी भएकाले मन्त्रालयले निर्देशन बाहेक ठोस योजना बनाउन नसकेको उहाँले बताउनुभयो ।

यता व्यवसायीहरुले भने ठोस योजना र निश्चित तोकिएका कार्यक्रमहरु समेत मन्त्रीदेखि कर्मचारी परिर्वतन हुदाँ प्रभावित बन्ने गरेको भन्दै पर्यटन प्रवद्र्धन गर्न पर्यटन प्राधिकरण गठन गर्न माग गरेको नेपाल नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताउनुभयो । मन्त्रालयको निर्देशन बमोजिम संघले पनि प्रवद्र्धनका कार्यक्रमहरु बनाउन शुरु गरेको छ र सबै विकास समितिहरु सक्रिय भएर लागेमात्र पर्यटन क्षेत्रलाई पुरानै स्थितिमा फर्काउन सकिने उहाँले बताउनुभयो । दुई वर्षअघि सरकारले एक सयवटा मुख्य मुख्य पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मानेर पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष राखेपनि कोरोना महामारीकाकारण सफल हुन सकेन ।
मन्त्रालय मातहत गठन भएका समितिहरु
नेपाल पर्यटन तथा होटल व्यवस्थापन समिति रविभवन, पर्वतीय प्रशिक्षण विकास समिति विजुलीबजार, नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति, खप्तड क्षेत्र पर्यटन विकास समिति सिलगुढी डोटी, रुरु–रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति तम्घास गुल्मी, विदेह–मिथिला क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति पिडारीचोक, जनकपुर , चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति नेपालगंज, लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति भैरहवा रहेका छन् ।
त्यस्तै सिम्रौनगढ क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति विरगञ्ज, विराट क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जनकपुर, कर्णाली क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जुम्ला, सलहेश क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जनकपुर , मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति इलाम, नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति छन् ।
त्यस्तै, पाथीभरा क्षेत्र विकास समिति पाथीभरा, ताप्लेजुङ, बराह क्षेत्र विकास समिति चतराधाम, सुनसरी, हलेसी महादेवस्थान विकास समिति हलेसी, खोटाङ, हनुमानढोका दरवार संग्रहालय विकास समिति बसन्तपुर, बुढानिलकण्ठ क्षेत्र विकास समिति बुढानिलकण्ठ, काठमाडौ ।
यसैगरी बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध, पाटन संग्रहालय विकास समिति पाटन, देवघाट क्षेत्र विकास समिति देवघाट, तनहूँ, भानुजन्मस्थल विकास समिति रम्घा, तनहूँ, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति, राष्ट्रिय ताल संरक्षण विकास समिति, तारागाउँ विकास समिति ववरमहल, काठमाडौं रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?