logo
२०८१ बैशाख ७ शुक्रवार



अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनमा जोड  

राष्ट्रिय |
समाज |


अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनमा जोड  


     
काठमाडौँ, भदौ १५ गते । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।    
    
राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले कतिपय सन्दर्भमा निर्माण भएका कानुन प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताउनुभएको हो । उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति थप समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।   
    
संस्थाका अध्यक्ष मित्रलाल शर्माले यस क्षेत्रलाई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकरुपमा अब्बल बनाउन एक अर्कालाई सम्मान गर्दै सबै अपाङ्ग व्यक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका महासचिव राजु बस्नेतले उक्त संस्थामा सबै प्रकारका अशक्त व्यक्तिलाई आवद्ध गराउनुपर्नेमा जोड दिनुभयो ।    
    
संस्थाका पूर्वअध्यक्ष सुशीला पौडेलले सरकारले अपाङ्ग भएका व्यक्तिलाई तेस्रो दर्जाका नागरिकको रुपमा हेरेको गुनासो गर्नुभयो । कार्यक्रममा महासङ्घका छ जना पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।    
    
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशन गरेको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनले विश्वका कूल जनसङ्ख्यामध्ये १० देखि १५ प्रतिशत कुनै न कुनैरुपमा अपाङ्ग रहेका छन् । त्यसैगरी नेपालको पछिल्लो जनगणनाअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत व्यक्ति अपाङ्ग रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?