logo
२०८१ बैशाख ५ बुधवार



तटस्थ नीति छ : गृहमन्त्री

राष्ट्रिय |


तटस्थ नीति छ : गृहमन्त्री


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३ गते । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा भइरहेको राजनीतिक परिवर्तनमा नेपाल सरकार तटस्थ नीतिमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले नेपाल सरकारको मुख्य चासो काबुलमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा रहेको पनि बताउनुभयो । मङ्गलबारदेखि चरणबद्ध रूपमा नागरिकको उद्धार कार्य सुरु भइसकेको बताउँदै मन्त्री खाँणले भन्नुभयो, “अफगानिस्तान प्रकरणमा नेपाल सरकारको तटस्थ नीति रहेको छ । घटनाक्रमलाई हामीले गम्भीर रूपमा ध्यानाकर्षण र अवलोकन गरिरहेका छौँ । हाम्रो मूल ध्यान त्यहाँ रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्ता हो ।”

अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउन नेपालस्थित विभिन्न नियोगलाई पत्राचार गरिएको र सो प्रयासअनुसार परिणाम देखिन लागेको उहाँले बताउनुभयो । नेपालीलाई सकुशल रिहा गरेर छिमेकी मुलुक पु-याउन कूटनीतिक पहल जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मङ्गलबार अफगानिस्तानबाट ११८ जना नेपालीलाई स्वदेश फर्काइएको पनि गृहमन्त्रीले जनाउनुभयो । कुवेत हुँदै नागरिक नेपाल आएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?