logo
२०७८ असोज २ शनिवार

दैनिक अध्यावधिक

image
835

सङ्क्रमित

image
1234

निको भएका

image
16

मृत्यु भएका

मिति:आश्विन २, २०७८ (१७:०३)
स्राेत:https://covid19.mohp.gov.np/



कक्षा १२ को परीक्षा स्थगित भएको छैन,तोकिएकै मितिमा हुन्छः परीक्षा बोर्ड

शिक्षा |
पढ्नै पर्ने |


कक्षा १२ को परीक्षा स्थगित भएको छैन,तोकिएकै मितिमा हुन्छः परीक्षा बोर्ड


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत उहाँले बताउनुभयो ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो । गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुँन सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?