logo
२०७८ असोज १२ मंगलवार

दैनिक अध्यावधिक

image
975

सङ्क्रमित

image
1262

निको भएका

image
7

मृत्यु भएका

मिति:आश्विन ११, २०७८ (१६:१८)
स्राेत:https://covid19.mohp.gov.np/



पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त   

मुख्य समाचार |


पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त   
फाइल तस्बिर


काठमाडौँ, साउन १५ गते । दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएकामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, “पूर्वसांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै, उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु” ।    
पूर्वसांसद सिंहको आज काठमाडौंको तिलगङ्गामा निधन भएको हो ।

दार्चुला जिल्ला मार्मा गाउँपालिका–५ निवासी स्वर्गीय सिंह विसं २०४८ मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ सामाजिक क्षेत्रसमेतमा क्रियाशील रहँदै आउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?