logo
२०८० चैत्र १५ बिहीवार



निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरद्वारा सर्वोच्चमा दायर रिटकाे आइतवार सुनुवाइ हुने

राष्ट्रिय |


निर्वाचन आयोगको निर्णयविरुद्ध  ठाकुरद्वारा सर्वोच्चमा दायर  रिटकाे आइतवार सुनुवाइ हुने


गाेरखपत्र अनलाइन 

काठमाडौं, साउन १५ गते । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचनको निर्णय बदर गर्न माग गर्दै ठाकुरले बिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
यसअघि साउन ८ गते ठाकुरले ‘हेड काउण्ट’ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तर, उक्त रिटमा सर्वोच्चले अन्तरिक आदेश जारी नगरेपछि निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता ‘हेड काउन्ट’ पछि बहुमतको आधारमा दिएको थियो ।
त्यहि निर्णयविरुद्ध महन्थ ठाकुरले बिहीबार सर्वोच्चमा रिट दायर गराउनुभएको हो । उक्त रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?