logo
२०८१ बैशाख ७ शुक्रवार



रुसबाट खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै आइपुग्ने

राष्ट्रिय |
बिज्ञान |


रुसबाट खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै आइपुग्ने


महिमा देवकोटा
कठमाडौं, असार १७ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।

लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनीका उच्च अधिकारीले बताउनुभयो । तर उहाँले नाम उल्लेख गर्न चहानुभएन ।

उहाँले भन्नुभयो, 'सबै प्रक्रिया पूरा भई सक्यो अब हामी नेपालमा खोप आइपुग्ने प्रतीक्षामा छौं । केही दिनमा नै हामी यसबारे जानकारी दिन्छौ ।' उहाँले खोप नेपाल आइपुग्ने बित्तिकै खोप वितरण हुने बताउनुभयो ।

यस्तै औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको र सो कम्पनीले प्रयास गरी राखेको जानकारी आफूलाई भएको बताउनुभयो । यस्तै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले निजी क्षेत्रले ल्याउने खोपको मूल्य, विक्री वितरण र खरिदलगायतका सबै कुराहरु स्वास्थ्य तथा जनसङूख्या मन्त्रालयले निर्धारण गरेको निर्देशिका अनुसार हुने बताउनुभयो ।

उहाँले मन्त्रालयले खोपका वितरण तथा खोप लगाउने र प्राथमिकता निर्धारण गर्ने कुराको अनुगमन गर्ने र मन्त्रालयले सूचीकृत गरेका अस्पतालहरूबाट मात्र सो खोप किनबेच गर्न सकिने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?