logo
२०८१ बैशाख ६ बिहीवार



निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग   

राष्ट्रिय |


निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग   
फाइल तस्बिर


काठमाडौँ, असार ११ गते । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

 कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उहाँले सो रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

 आले आज अस्पतालमा पुग्नु भइ जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढीबाट हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?