logo
२०८१ बैशाख ५ बुधवार

     निषेधाज्ञामा किन बढ्छन् घरेलु हिंसाका घटना ?   



संयुक्त परिवारका पीडा र आर्थिक अभाव

राष्ट्रिय |
समाज |


संयुक्त परिवारका पीडा र आर्थिक अभाव


दीपा चौधरी
काठमाडौँ, असार ५ गते । निषेधाज्ञाको समयमा घरेलु हिंसा र आत्महत्याको घटना बढेका छन् भने घरेलु हिंसाको घटना पनि बढेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार विशेष गरी निषेधाज्ञाका कारण आयआर्जनको स्रोत गुमेपछि झगडाको कारण बनेको छ ।
उहाँले भन्नुभयो, परिवारका सबै सदस्यहरु लामो समयसम्म घरमै बस्ने, सामाजिक संरचनाले लकडाउनमा सबै किसिमको अभाव हुने र विशेष गरी आर्थिक कारण हो । लकडाउन घरेलु हिंसासम्मको अवस्थामा पुगेको एसएसपी कुँवरले जानकारी दिनुभयो ।
उहाँले कामकाजी समूहका महिलाको परिवारमा घरेलु हिंसाको घटना बढेको बताउनुभयो । लकडाउनमा बलात्कार, यौन हिंसा र कर्तव्य ज्यानको घटनामा पीडक सबै उमेर समूहका रहेको उहाँको भनाइ छ ।
मनोविमर्शकर्ता सुशीला चौधरीका अनुसार घरेलु हिंसाको घटना बढे पनि लकडाउनले बाहिर निस्कन नमिल्ने र घरमै दबाउनु पर्ने बाध्यता छ । उहाँले भन्नुभयो, कारणहरु धेरै भए पनि अहिले यौन तथा महिला हिंसा, घरेलु हिंसाको प्रमुख कारण लकडाउन बनेको छ, फोनमा गुनासो आउने गरे पनि सम्बन्धित निकायसम्म पुग्न समस्या छ, पुगि हाले पनि कोरोना महामारी जस्ता कारणले पीडकहरु समझदारीमा आउनुपर्ने बाध्यता छ ।
निषेधाज्ञा ः २०७८ वैशाख १६ गतेदेखि जेठ मसान्तसम्म प्रहरीको तथ्याङ्कअनुसार ११२ ओटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । महिला तथा बालबालिकाको अपराध कसुर घटनासँगै घरेलु हिंसा बढेको हो ।
साथै आत्महत्या ३० ओटा घटना दर्ता भएको छन् भने बलात्कारको २२ ओटा, यौन हिंसाको चार, बहुबिबाह ६, बालयौन दुव्यवहार दुरुपयोगको सात ओटा, अप्राकृतिक हस्त मैथुन एक, कर्तव्य ज्यान दुई ओटा गरी जम्मा १८४ ओटा अपराधको घटना भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका (एसपी) सुशीलसिंह राठोरले गोरखापत्रलाई जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?