logo
२०८१ बैशाख ११ मंगलवार



संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट घर फर्किनुभयो

राष्ट्रिय |


संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट घर फर्किनुभयो
फाइल तस्बिर


काठमाडौं, असार ४ गते । ललितपुरको किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशी नाै दिनपछि घर फर्किनुभएको छ ।
श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना हुनुभएको संस्कृतिविद् जोशी आज शुक्रबार घर फर्किनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने हुनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
छाती रोग विशेषज्ञ प्रा.डा. मिलेश जंग सिजापतिका अनुसार घर फर्किनुभएको जोशीलाई एक हप्तापछि फदोअपका लागि चिकित्सक टोलीले सम्पर्क गर्नुहुनेछ ।
काठमाडौं, असार ४ गते । ललितपुरको किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशी ९ दिनपछि घर फर्किनुभएको छ ।
श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि गत जेठ २६ गते अस्पताल भर्ना हुनुभएको संस्कृतिविद् जोशी आज शुक्रबार घर फर्किनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने हुनुभएको अस्पतालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
छाती रोग विशेषज्ञ प्रा.डा. मिलेश जंग सिजापतिका अनुसार घर फर्किनुभएको जोशीलाई एक हप्तापछि फदोअपका लागि चिकित्सक टोलीले सम्पर्क गर्नुहुनेछ ।
किष्ट शिक्षण अस्पतालले बाङ्मय शताब्दी पुरुष डा. जोशी र उहाँकी धर्मपत्नीको निःशुल्क उपचार गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?