logo
२०८० चैत्र १५ बिहीवार

  बाढीकाे मेलम्ची खानेपानी आयोजनामा असर  



भारतीय र चिनियाँ छ मजदुर बेपत्ता, स्थायी संरचनामा ठूलाे क्षति छैन

राष्ट्रिय |


भारतीय र चिनियाँ छ मजदुर बेपत्ता, स्थायी संरचनामा ठूलाे क्षति छैन
तस्बिर : सागर बस्नेत


मुकुन्द गैरे
काठमाडौं,असार २ गते । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन भारतीय र तीन चिनियाँ गरी  ६ जना मजदुर सम्पर्कविहीन भएका छन् ।
उनीहरु बस्दै आएको अम्बाथानको क्याम्प बाढीले बगाएको र उनीहरु पनि अझै सम्म सम्पर्कमा नआएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हराइ रहेका भारतीय मजदुरमा कमल लाेचन महताे, बिजय बासुमन्त्रीय, गान्दाे बासुमन्त्रीय रहेका छन् । त्यसै गरी चिनियाँ नागरिकमा सुन यू चुन, यू ताइ च्छु र गाेंस टाङसाइयाे रहेकाे अायाेजनाले जनाएकाे छ । 
उनीहरुलाई खोज्ने काम भइरहेको छ । यसै गरी आयोजनाको मुख्य बाँध र अस्थायी संरचनामा बाढीले क्षति पु¥याएको छ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार बाढीले मेलम्चीको लेबर क्याम्प बगाएको र हेडबक्स पुरिएको छ । माथि हेलिकप्टर बाट हेर्दा हेडबक्स पुरिएर पानी बगेको देखिएको छ भने अम्बाधान माथिको पुल पनी बगाएको उहाँले जानकारी दिनुभयो । अस्थायी संरचनामा क्षति गरे पनि मेलम्चीको आयोजनाका स्थायी संरचनामा ठूलो क्षति नगरेको पाइएको उहाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप