logo
२०८१ बैशाख ८ शनिवार



मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने नेपाल समूहका १७ जनालाई २४ घण्टे स्पष्टीकरण

राष्ट्रिय |


मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने नेपाल समूहका १७ जनालाई २४ घण्टे स्पष्टीकरण
स्पष्टीकरण सोधिएका नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाह


प्रकाशविक्रम शाह
धनगढी, जेठ २७ गते । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा माओवादी केन्द्रका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव नेपाल समुहका १७ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहिबार प्रदेश सभाका संसदीय दलका नेता प्रकाशबहादुर शाह सहित १७ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
२४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टीकरण नदिइएका नेपालको संविधान र एमालेको विधान अनुसार काबाही गर्ने स्पष्टीकरणमा उल्लेख छ
स्पष्टीकरणमा स्थायी समितिले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा फेरि मन्त्रीमण्डलमा सामेल हुने , मंगलबार विश्वासको मत दिने काम किन गरको भनेर सोधिएको छ । विश्वासको मत नदिनु भनेर प्रदेश कमिटीले पत्राचार गर्दा पनि किन अस्वीकार गरेको जस्ता प्रश्न स्पष्टीकरणमा उल्लेख गरिएको छ ।
संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी विकले आफूहरुले सो स्पष्टीकरण नपाइएको जानकारी दिदै पाएपछि सल्लाह गर्ने बताउनुभयो । तर सचिव रावलले इमेल, फेसवूक च्याट, भाइबर र ह्वाटसवबाट स्पष्टीकरण पठाएको बताउनुभयो । स्पष्टीकरण सोधिएकामा चार मन्त्री तीन राज्यमन्त्री सहित १७ जना प्रदेश सभा सदस्य छन ।
मुख्यमन्त्रीको पक्षमा मतदान गर्नेहरुमा दलका नेता तथा, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक योजनामन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, प्रमुख सचेतक दुर्गाकुमारी कामी, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद, पूर्वमन्त्रीहरु माया भट्ट र कृष्णराज सुवेदी हुनुहन्छ । यस्तै गरेर पूर्व प्रमुख सचेतक तारा लामातामाङ, कुलवीर चौधरी, हर्क कुँवर, अमर साउद, शुशिला बुढाथोकी, बलबहादुर सोडारी र प्रकाश रावलले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गर्नु भएको थियो ।
सात जनाले दिए संसदीय दलको स्पष्टीकरणको जवाफ
यसअघि संसदीय दलको ह्वीप उलंघन गर्दे नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यममन्त्री त्रिलोचन भट्टलाई मतदान नगर्ने सात जना प्रदेश सभा सदस्यलाई नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले स्पष्टीकरण सोधेको थियो ।
दलका नेता प्रकाशबहादुर शाहले सात जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोध्नु भएको थियो । उहाँले पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, नेपालू चौधरी, लिलाधर भट्ट, ग्याल्वुसिंह बोहरा, बलदेव रेग्मी, र माया तामाङ बोहरालाई स्पष्टीकरण सोध्नु भएको थियो ।
सातै जनालाई २६ गते साँझ ५ बजे भित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । सातै जनाले पार्टी केन्द्रको निर्देशन अनुसार नै मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको स्पष्टीकरणमा उल्लेख गर्नु भएको छ । सो स्पष्टीकरण बारे अध्ययन भइरहेको र चाँडै निर्णय लिइने दलका प्रमुख सचेतक दुर्गाकुमारी विकले बताउनुभयो ।
सो स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएमा, वा जवाफै नदिएमा दलको विधान अनुसार कार्वाही गरिने उल्लेख थियो ।
दलको विधान २०७८ कोअनुशासन व्यवस्था उलंघन ग र्दे सोही विधानको दफा २६ को ४ आकर्षित हुने कार्य गरेको सो स्पटीकरण पत्रमा उल्लेख थियो ।
सो विधानको दफा २६ मा ह्वीप उलंघन गरेमा प्रदेश सभाका समितिका बैठक वा प्रदेश सभाको बैठकमा भाग लिन नपाउने वा दलको सदस्यता निश्चित समयका लागि निलम्बन गर्न पाउने व्यवस्था छ ।
स्पष्टीकरण सोधिएका प्रदेश सभा सदस्य लिलाधर भट्टले संसदीय ऐन २०७३ अनुसार संसदीय दलले पार्टीको निर्देशन विना कुनै पनि कारवाही गर्न नसक्ने जिकिर गर्नुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?