logo
२०८१ बैशाख ५ बुधवार



निषेधाज्ञा एक हप्ता थप गर्ने प्रजिअकाे निष्कर्ष, किराना र पुस्तक पसल खुल्न सक्ने

राष्ट्रिय |


निषेधाज्ञा एक हप्ता थप गर्ने  प्रजिअकाे  निष्कर्ष, किराना र पुस्तक पसल  खुल्न सक्ने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्षमा पुगेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

जारी निषेधाज्ञा बिहीबार रातिदेखि सकिन लागेको बेला प्रजिअहरुको बैठकले उक्त छलफल गरेको हो । निषेधज्ञा थप्ने विषयमा  निष्कर्षमा पुगे पनि यस बारे भोलि निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल विहान नाै बजे सम्म खोल्न दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान नाै बजेसम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?