logo
२०७८ जेष्ठ १३ बिहीवार



पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रहः 'निवाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही बजेट ल्याउनु'

राष्ट्रिय |


पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रहः  'निवाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही बजेट ल्याउनु'


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । पूर्व प्रमुख नर्वाचन आयुक्तहरुबाट शुक्रबार संयुक्त एक आग्रह जारी गरिएको छ । २०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरि लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानकार्षण गर्दछौँ, - संयुक्त एक आग्रह पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा पूर्व प्रमुख निर्वाचन आयक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र आयोगका कार्यवाह पूर्व प्रमुख आयुक्त दोलखबहादुर गुरुङको हस्ताक्षर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?