logo
२०८० चैत्र १६ शुक्रवार

 अनावश्यक ठाउँमा पनि अक्सिजन होल्ड  



सिलिण्डर फिर्ता हुन छाडे, प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने

राष्ट्रिय |


सिलिण्डर फिर्ता हुन छाडे, प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने


मुकुन्द गैरे
काठमाडौं, जेठ १२ गते । अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ ।

सिलिण्डर ग्याँस रोटेशन अनुसार नआउँदा ग्याँस प्लान्ट नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको ग्याँस उद्योगीहरुले बताएका छन् । शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु भण्डारी उद्योगका सिलिण्डर बजारमा गएका रोटेशनमा नआएकोले हिजो केही समय आफनो प्लान्ट बन्द गरेको बताउनुहुन्छ ।

पहिला ग्याँस भर्न आफूहरुका गाडीको लामो लाइन हुन्थ्यो तर अहिले सिलिण्डर फिर्ता नआएको कारण सुनसान जस्तै हुने गरेको उहाँ बताउनुहुन्छ । धेरै ग्याँस घरमा भरेर राख्ने र हस्पिटलबाट पनि एकबाट अर्को हुँदै धेरै हस्पिटलमा पुग्ने भएकोले रोटेशन प्रणाली विगिएको प्रवन्ध निर्देशक भण्डारी बताउनुहुन्छ ।

यस्तै अवस्था रहिरहे फेरि ग्यासँको अभाव हुने उहाँ बताउनुहुन्छ । लगेका सिलिण्डरको बारेमा अस्पताल सँग कुरा गर्दा एक दुई दिनमा आउँछ भन्ने प्रतिक्रिया दिए पनि सिलिण्डर समयमा आउन नसकेको अक्सिजन ग्याँस उद्योगी भण्डारी बताउनुहुन्छ ।

हस्पिटलमा लगेका ग्याँस समेत जुन समयमा उद्योगमा आउनु पर्ने हो आएको पाइएन किन होल्ड भए सिलिण्डर त्यसबारे आफूहरुले थप बुझने काम भइरहेको भण्डारीले बताउनुभयो ।

लगेर प्रयोग भएका खाली सिलिण्डर प्रयोग हुना साथ उद्योगमा पठाउन प्रवन्ध निर्देशक भण्डारीको अनुरोध छ । पहिलाको तुलनामा ग्याँस सहज बन्दै गएको र ग्याँस सिलिण्डर लिन उद्योगमा आउने मानिसहरु अतिनै कम छन् ।

काठमाडौंमा ११ वटा अक्सिजन ग्याँस उद्योग र काठमाडौं बाहिर १६ उद्योग रहेका छन् । अनावश्यक रुपमा सिलिण्डर होल्ड र मौज्दात नराखिदिएमा अक्सिजनको अभाव नहुने उहाँको दावी छ । तर अहिलैकै रफतार रहेमा समस्या आउन सक्ने उहाँको भनाई छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्ति वा संघसस्थाले प्रयोजनका लागि लगेका अक्सिजन सिलिण्डरहरु सम्बधित उद्योग वा अस्पतालमा फिर्ता गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै लगेका अक्सिजन समयमा फिर्ता नगर्दा अक्सिजन भर्न नपाएको बताएको छ ।एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जाने क्रम अत्यधिक बढिरहको बताउँदै मन्त्रालयले यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

केही दिन देखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यावस्थामा अक्सिजन सिलिण्डिरहरु समयमा सम्बधित उद्योगहरुमा भर्नको लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको पाइएको मन्त्रालयले बताएको छ ।

विभिन्न व्यक्तिहरु तथा संघसंस्थाहरुले व्यक्तिगत , आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु हुन तिनै अक्सिजन उत्पादनक कम्पनी वा अस्पतालमै पुग्ने गरी आवश्यक व्यावस्था मिलाउने कार्य गरिदिनुहुन मन्त्रालयले सवैमा अनुरोध  गरेकाे छ ।

अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरघरमा थन्किएर रहेको मन्त्रालयको भनाई छ । अस्पतालहरुमा संघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुने जाने भएकोले अक्सिजन सिलिण्डर लगे पछि भर्नको लागि संवेदनशील भएर फिर्ता गर्न मन्त्रालयलले अनुरोध गरेको छ ।

यो संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेक भन्दा बाहिर गएर निर्णय गर्ने गराउने तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वय व्यावस्थापनका लागि सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गरेको छ ।

अनावश्यक अक्सिजन सिलिण्डर मौज्दात नराखौंः बिज्ञ

जनस्वास्थ्य विज्ञहरुले अनावश्यक रुपमा अक्सिजन ग्याँस मौज्दात नराख्न अनुरोध गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुन अनावश्यक रुपमा डाक्टरको निगरानीमा भन्दा आफै खुसी अक्सिजन दिदा कोरोनाको कारणले भन्दा अक्सिजन दिन नजानेकै कारण विरामी ज्यान जाने खतरा हुने बताउनुहुन्छ ।

अक्सिजन विरामीलाई दिदा कति मात्रमा चाहिने हो त्यस अनुसार दिनुपर्ने हुन्छ जतिपायो त्यति दिदा ज्यान पनि जान सक्ने भएकोले खेलवाड नगर्न सवैलाई उहाँको अनुरोध छ ।

त्यसैले अक्सिजन जस्तो संवेदनशील बस्तुलाई खेलवाड गर्दा ज्यान पनि जाने र अनावश्क रुपमा मैज्दात राख्दा साच्किै अक्सिजन चाहिने विरामीले पाउँन नसकेकै कारण ज्याँन जान्छ डा. पुन भन्नुहुन्छ ।

यस्तै रहे हुने खाने पहुँच हुनेले सिलिण्डर मौज्दात राख्ने र अक्सिजन चाहिने विरामीले अक्सिजन नै नपाउने स्थिति आउन सक्ने भन्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा उहाँको सुझाव छ ।

यसै गरि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जिडी ठाकुर जस्ले पायो त्यसैले अक्सिजन सिलिण्डर किनेर राख्नु गलत कार्य भएको बताउनुहुन्छ ।

कुन अस्पतालमा कति आवश्यक छ त्यसै अनुसार ग्याँस वितरण गर्नु पर्नेमा उहाँको भनाई छ । कोरोना संक्रमण कम भएको ठाउँमा कम र बढी अक्सिजन चाहिने विरामी भएको ठाउँमा आवश्यकता हेरेर वितरण गर्न आवश्यक भएको बताउनुहुन्छ ।

नेता सांसदले पनि माग अनुसार वितरण गर्न भन्दा पनि पहुँचको आधारमा ग्याँस वितरण गर्ने काम भएको भन्दै यो पनि गलत कार्य भएको डा. ठाकुर बताउनुहुन्छ ।
यस्तै भद्रगोल तरिकाले प्राण बचाउने अक्सिजनलाई चाहिने विरामीले नपाउने विरामी नै नभएकोले घरमा लगेर थन्काएर राख्दा समस्या पैदा हुने उहाँको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले कुन ठाउँमा कति आवश्यक छ निक्योल गरि ग्याँस वितरण गर्नु पर्नेमा उहाँको सुझाव छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप