logo
२०८० चैत्र १६ शुक्रवार



फाइनलमा पुग्न काठमाडौं र धनगढी भिड्दै

फुटबल |
खेलकुद |


फाइनलमा पुग्न काठमाडौं र धनगढी भिड्दै
तस्विर-एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २८ गते । नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलका लागि काठमाडौं र धनगढीबीच आज स्पर्धा हुँदैछ । प्ले अफको शीर्ष दुई स्थानमा रहेको दुबै टोलीमध्येको विजेता फाइनलमा स्थान सुनिश्चित गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि दुबै टोलीले पहिलो प्ले अफ खेल्नेछ । लिगको छ खेलमध्ये चारमा जित हात पारेको काठमाडौं रेजर्स १३ अङ्कसहित शीर्षस्थानमा छ । धनगढी एफसी भने छ मध्ये तीन खेलमा जित, एक बराबरी र दुईमा हार बेहोरेर दश अङ्कसहित दोस्रो स्थानमा छ ।
यसअघि लिग चरणमा धनगढी एफसीले काठमाडौं रेजर्समाथि ३–० को सहज जित हात पारेको थियो । उक्त हारको बदला लिनसमेत काठमाडौंले आजको खेलमा धनगढीमाथि जित हात पार्ने दाउमा हुनेछ । धनगढी भने लिग चरणमा काठमाडौंलाई हराएको लयलाई निरन्तरता दिन प्रयासरत रहनेछ ।
दुबै टोलीबीचको विजेता फाइनलमा पुग्नेछ । हार्ने टोलिले अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ललितपुर र चौथो स्थानको बुटवलबीचको दोस्रो प्ले अफको विजेतासँग फाइनलमा पुग्न स्पर्धा गर्नेछ । उक्त खेल एलिमिनेटर हुनेछ । लिगको फाइनल खेल जेठ १ गते हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?