logo
२०८० चैत्र १५ बिहीवार



संसदमा मत विभाजनकाे तयारी पूरा, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

राष्ट्रिय |


संसदमा मत विभाजनकाे तयारी पूरा,  सङ्क्रमितलाई पनि मतदानको व्यवस्था


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले धारणा राख्ने र त्यसको जवाफ पुनः प्रधानमन्त्रीले दिनुभएपछि विश्वासको मत लिने प्रक्रिया शुरु हुने सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यैपानेकाअनुसार ‘हुन्छ‘, ‘हुन्न‘ र ‘मत दिन्न‘ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । साथै कोभिड सङ्क्रमित सांसदहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

संसदमा मत विभाजन कार्य भएपछि प्रधानमन्त्रीको पक्षमा, विपक्षमा र तटस्थमा मत सङ्ख्या एकिन हुनेछ । संसदको विशेष बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री ओली अहिले सम्बोधन गरिरहनुभएको छ । संसदमा हाल कुल २७१ मत  छ । त्यसमध्ये १३६ मत ल्याएमा सरकारको पक्षमा विश्वासको मत पुष्टि हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?