logo
२०८१ बैशाख १३ बिहीवार

  उपत्यकाका प्रजिअहरूकाे बैठक  



भोलि बेलुकासम्म निषेधाज्ञा थप्ने बारे निर्णय आउन सक्ने

राष्ट्रिय |


भोलि बेलुकासम्म निषेधाज्ञा थप्ने बारे निर्णय आउन सक्ने


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते ।कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच बैठक दैनिक सो भइरहेका छन् ।
यसैबीच आजको बैठकले जारी निषेधज्ञा थप्ने वा नथप्ने विषयमा भोलि बेलुकासम्म निर्णयमा पुग्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले भोलि बेलुकासम्म जारी निषेधाज्ञा कति दिन थप्ने भन्ने विषयमा निर्णयमा पुग्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आज बसेको वैठकले कोरोना सङ्क्रमण बढदो अवस्थालाई कसरी नियन्त्रण गर्ने लगायत आगामी रणनीतिको विषमा सामान्य छलफल भएको उहाँले जानकारी दिनुभयो । जारी निषेधाज्ञा २९ गते राती १२ बजेसम्म कायम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?