logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने, राजीनामा नदिने

राष्ट्रिय |


नेपाल समूह अधिवेशनमा अनुपस्थित हुने, राजीनामा नदिने


काठमाडौँ, वैशाख २७ गते । नेकपा(एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।
विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उहाँलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?